Monday May 13, 2024
BS 2081 Baishak 31
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

एसएलसीताका बेलुका देशभरि लोडसेडिङ नगर्ने तयारीमा प्राधिकरण

Feb 22, 2017 under Business/Economy 516 , Interesting 143 , National 834

नेपाल विद्युत प्राधिकरणले प्रवेशिका परीक्षा (एसएलसी) अवधिमा साँझपख देशभरि बत्ती नकाट्ने तयारी गरिरहेको छ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले एसएलसीताका साँझ बत्ती जान नदिन के गर्न सकिन्छ? योजना बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्। मंगलबार प्राधिकरणले होटल एसोसियसन नेपाल (हान)का पदाधिकारीहरुसँग छलफल गर्दै एसएलसी अवधिभर साँझ आफूलाई चाहिने बत्तिको व्यवस्था आफैं गरिदिन अनुरोध गरेको छ। ‘हामीले तपाईँहरुसँग भएका इन्भर्टर, डिजेल प्लान्ट चलाएर सहयोग गर्नुस् भन्यौं’, घिसिङले सेतोपाटीसँग भने, ‘उहाँहरु सकारात्मक हुनुहुन्छ, के कसरी गर्न सकिन्छ? एकदुई दिनमा जानकारी गराउने गरी छलफल सकिएको छ।’

उनले परीक्षाका बेला विद्यार्थीले साँझ अँध्यारोमा बस्नु नपरोस् भनेर प्राधिकरणले देशभरि बत्ती दिने सोच बनाए पनि त्यो कसरी सम्भव हुन्छ भनेर अध्ययन भइरहेको बताए। एसएलसी परीक्षा आउँदो चैत ३ गतेदेखि सुरु हुँदैछ।

प्राधिकरण प्रवक्ता प्रवल अधिकारीका अनुसार घिसिङको निर्देशनपछि भार प्रेषण केन्द्र लगायतका निकायसँग छलफल गरेर एसएलसीताका साँझ देशभरि बत्ती दिने विषयमा योजना बनिरहेको छ।

नदीमा पानीको बहाव ज्यादै न्यून भएकाले अहिले बिजुली आपूर्ति कम भएको भए पनि भविष्यका कर्णधारलाई परीक्षामा सहयोग होस् भनेर एसएलसीमा साँझपख बत्ती नकाट्ने तयारीमा लागेको प्रवक्ता अधिकारीले बताए।

नदीमा पानीको मात्रा घटेपछि अहिले देशभित्र प्राधिकरण र निजी क्षेत्रले उत्पादन गरेको बिजुली ५ सय मेगावाटमा सीमित भएको छ। माग धान्न भारतबाट ३ सय ८८ मेगावाट बिजुली आयात भइरहेको छ। ‘अहिले पनि केन्द्रीय प्रसारणमा ३ सय ६५ मेगावाट बिजुली अपुग छ’, अधिकारीले भने ‘तर अनुमानभन्दा करिब डेढ सय मेगावाट कम बिजुली माग भएकाले केही राहत भएको छ।’ अहिले पिक आवरमा बिजुलीको माग करिब १३ सय मेगावाट रहेको अधिकारीले जानकारी दिए। प्राधिकरणले फागुन दोस्रो सातासम्म बिजुलीको माग साढे १४ सय मेगावाटसम्म पुग्ने अनुमान गरेको थियो।

१३२ केभीका दुई प्रसारणलाई शनिबार चार्ज गरिने
प्रवक्ता अधिकारीका अनुसार १३२ केभीका दुई प्रसारण लाइन कटैया–कुसहवा र रक्सौल–परवानीपुरको निर्माण सकिएको छ। भारतीय पक्षले ती दुई प्रसारण लाइनमा फेब्रुअरी २५ मा चार्ज (परीक्षण विद्युत प्रवाह) गर्ने बताएको छ। ‘परीक्षणपछि ती प्रसारण लाइनबाट चाहिने बिजुली ल्याउन सक्छौं’, अधिकारीले भने, ‘तर अहिले नै भारतसँग कुन दरमा बिजुली ल्याउने सहमति भइसकेको छैन। भारतीय विद्युत व्यापार निगमसँग सम्झौता गरेर थप बिजुली आयात गर्ने तयारी भइरहेको छ।’

setopati.com
No news.
Australian Dollar to Nepalese Rs